अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस

361
SwadeshPost

अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको बैठकले रामको भव्य मन्दिरसहितको अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस गरेको छ ।

समितिको बैठकले माडी-८, दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको करीब ५० बिगाहा जमीन, माडी-९मा घाँघर खोला छेउको कृष्णनगर पार्कको ५० बिगाहा भन्दा धेरै जमीन र माडी-९ कै गणेशकुञ्ज क्षेत्रमा रहेको करीब ५० बिगाहा जमीनमध्ये कुनै एकलाई छनौट गरी सम्बन्धित निकायमा निर्णयार्थ पेश गर्न माडी नगरपालिकालाई सिफारिस गरेको हो ।

त्यसैगरी अयोध्या धाम रहने जमीन निश्चित भएपछि त्यसको डि.पि.आर. बनाउन बिज्ञ र ईञ्जिनियरहरुसंग बैठक गर्ने तथा रामचन्द्र जन्मेको स्थान माडीको अयोध्यापुरीमै रहेको भन्ने जानकार बिज्ञहरु र माडीबासीहरुबिच गोष्ठी आयोजना गर्ने पनि निर्णय गरिएको छ । त्यस्तै, माडी नगर क्षेत्रमा वडा नं. १ देखि ९ सम्म रहेका धार्मिक, पर्यापर्याटन र कृषि पर्यटनका ‘भ्यु प्वाइन्ट’हरु पहिचानका लागि सुचना संकलन गर्ने पनि निर्णय गरेको समितिका संयोजक नारदमणी पौडेलले स्वदेशलाई जानकारी दिनुभयो ।

SwadeshPost