माडीमा भदौ ३ गते दिउँसो ४ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म निशेषाज्ञा

178
SwadeshPost

तीज पर्वको सन्दर्भमा हुनसक्ने भीडभाड र चलहपहल नियन्त्रणका लागि माडी नगरक्षेत्रमा आज (भदौ ३ गते) बुधबार दिउँसो ४ बजेदेखि भदौ ५ गते तीज पर्वको राती १२ बजेसम्म निशेषाज्ञा लागु गरिएको छ ।

नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले जिल्लाका अन्य स्थानीय निकायहरुमा लागु रहेकै मोडेलको निशेषाज्ञा माडी नगरपालिकामा समेत लागु गरेको हो । निषेधाज्ञाको अवधीमा अत्यावश्यकीय सामग्रीहरु खरिदका लागि बिहान ५ देखि ८ बजेसम्म मात्र बजार खुला रहनेगरी बाँकी समय पूर्णतः बन्द राख्ने निर्णय गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

सो अवधीमा औषधीजन्य तथा दुग्धजन्य पसलहरु भने २४सै घण्टा खुल्ला रहन पाउनेछन् । दुध, अण्डा, दाना, खाद्यान्न, माछा, कुखुरा, मल, सञ्चार र एम्बुलेन्स बाहेक अन्य सबै गाडीहरु बन्द रहनेछन् । बिहान ५ देखि ८ बजेसम्म पसल आउँदा सकेसम्म हिँडेरै र मोटरसाइकलमा आउनुपरे १ जनामात्रै चढेर आउन सुचित गरिएको छ । त्यसैगरी तीजमा एकाघर परिवार बाहेक सामुहिक रुपमा खाना खान तथा समूहमा नाँचगान र पुजा गर्न पनि रोक लगाइएको छ ।

Mahindra