माडीको कल्याणपुरस्थित लेतेघोलको पुलबाट खसेर एक युवकको मृत्यु

295
SwadeshPost

माडीको कल्याणपुरस्थित लेतेघोलको पुलबाट खसेर एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ६ मा जनकल्याण माध्यमिक विद्यालय नजिकै रहेको सो पुलबाट गएराती खसेका स्थानीयबासी, अन्दाजी बर्ष ३५ का विकास गरुङ्गको ज्यान गएको हो ।

पुलबाट तल घोलमा खसेको अवस्थामा बिहानपख गाउँलेहरुले देखी उनलाई बघौंडा अस्पताल बसन्तपुरमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो । मृतकको परिवारमा श्रीमती, आमा र अन्य चारजना दाजुभाई रहेका छन् । वैदेशिक रोजगारीमा संलग्न मृतक गुरुङको हालैमात्र विवाह भएको थियो । माडी-६, रामराज्यपुरमा ससुराली घरमा खानपिन गरी तरकारी किन्न निक्लेका उनी लेतेपुलको डिलमा बस्दा अनियन्त्रित भई घोलमा खसेको बुझिएको छ । मृतक गुरुङको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको वडाध्यक्ष भरत बहादुर गुरुङले जानकारी दिनुभयो ।

SwadeshPost