माडीमा एकैदिन फरक फरक स्थानमा दुईजनाले झुण्डिएर देहत्याग

333
SwadeshPost

माडीमा एकैदिन फरक फरक स्थानमा दुईजनाले झुण्डिएर देहत्याग गरेका छन् ।

माडी नगरपालिका-९, गणेशकुञ्जमा ११ बर्षिय बालक विश्वास परियारले गएसाँझ आफ्नै घरको दलिनमा झुण्डिएर देहत्याग गरेका हुन् । परिवारमा आमा नरहेकाले उनी बुबा र हजुरबुबासंग बस्दै आएका थिए । मृतक बालकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी माडीको बरुवा र चैनपुर जोड्ने डाङ्ग्रे खोला नजिक बकाइनाको रुखमा झुण्डिएर एक युवकले देहत्याग गरेका छन् । माडी नगरपालिका वडा नं. २, प्लटिङ क्षेत्र (बरुवा) निवासी बर्ष २१ का रञ्जीत महतोको शव झुण्डिएको अवस्थामा आइतबार भेटिएको हो । परिवारका एक्ला छोरा रहेका उनको घरमा बुवाआमा र एक बहिनी रहेका छन् । उनको शव समेत पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभयो ।

SwadeshPost