चितवनमा शुक्रबार एकैदिन कोभिड-१९ का तीनजना बिरामीहरुको मृत्यु

299
SwadeshPost

चितवनमा आज एकैदिन तीन अस्पतालहरुमा उपचाररत कोभिड–१९ का तीनजना बिरामीहरुको मृत्यु भएको छ । शुक्रबार भरतपुरस्थित चितवन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र भरतपुर अस्पतालमा उपचाररत एक/एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा हेटौंडा उपमहानगरपालिका–१९ निवासी ७१ वर्षीया महिलाको मृत्यु हो । दम र निमोनियाको बिरामी रहेकी उनी गत भदौ ७ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन । त्यस्तै, पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । लामो समयदेखि दमका बिरामी रहेका उनी भदौ ५ गते श्वासप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी भरतपुर अस्पतालमा उपचाररत आँबुखैरेनी–१३, गोर्खाका ३८ बर्षीय संक्रमितको पनि मृत्यु भएको छ । गत भदौ ६ गते सो अस्पतालमा भर्ना भएका उनमा भदौ १० गते कोरोना संक्रमण पुष्टी भएको थियो । अस्पतालको आई.सि.यु.मा उपचाररत उनको दिउँसो २:२० बजे मृत्यु भएको जनाइएको छ ।योसंगै चितवनमा अहिलेसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । संक्रमित भएर मृत्यु हुनेमा चितवन जिल्लाका चारजना, मकवानपुरका तीनजना र गोर्खा तथा कैलालीका एकजना छन् । कोरोनाका कारण मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ

SwadeshPost