जिल्ला प्रशासन कार्यालयद्वारा चितवन जिल्लाभर जारी निषेधाज्ञा एक साता थप

262
SwadeshPost

जिल्ला प्रशासन कार्यालय चितवनले चितवन जिल्लाभर जारी निषेधाज्ञा एक साता थप गरेको छ ।

आज (शुक्रबार) मात्रै कारोनाको कारण ३ जनाको मृत्यु भएको तथा समुदाय स्तरमै संक्रमणको संख्या निरन्तर बढिरहँदा निषेधाज्ञा एक साता थप गरिएको चितवन प्रशासनले जनाएको हो । यसअघि प्रशासनले प्रशासनले गत भदौ ६ गतेदेखि आज १२ गते राती १२ बजेसम्म लागू हुने गरी जिल्लाभर नै निषेधाज्ञा जारी गरेको थियो ।

थप भएको निशेषाज्ञाको अवधीमा बैंक तथा वित्तीय संस्थालाई विशेष काम मात्रै गर्न दिने गरी दिउसो १ बजेसम्म खोल्न दिइने भएको छ । त्यसैगरी विहान ५ देखि ८ बजेसम्म पसल खोल्न दिइने र बेलुका ६ देखि ८ बजेसम्म खाद्य पसल सञ्चालन गर्न दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो । सवारी साधनको हकमा भने पहिलेकै व्यवस्था यतावत रहने जनाइएको छ ।

SwadeshPost