सोह्र श्राद्धमा जजमानलाई आफ्नो घर परिवार बाहेक अरु कसैलाई नबोलाउन आग्रह

329
SwadeshPost

बैदिक धर्म परिषद् क्षेत्रीय कार्यसमिति माडीको बैठकले कोरोना कहरको सन्दर्भमा पितृपक्ष सोह्र श्राद्धमा गरिने अनुष्ठानलाई सहजिकरण गर्ने निर्णय गरेको छ ।

बैठकले (भोलि) भदौ १७ गतेबाट सुरुवात हुन लागेको पितृपक्ष सोह्र श्राद्धमा जजमानलाई आफ्नो घर परिवार बाहेक अरु कसैलाई नबोलाउन आग्रह गर्ने निर्णय गरेको हो । त्यसैगरी पूजा बिधी र अनुष्ठानका क्रममा स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्ने, टिका लगाउँदा हातको प्रयोग नगरी सुरक्षित बिधी अपनाउने, सामुहिक श्राद्ध नगराउने र कोरोना संक्रमण रोकथामका लागि सरकारले लागु गरेका अन्य नियमहरुको पालना गर्ने निर्णय गरेको हो ।

बैदिक धर्म परिषद् माडीका अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मी प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकमा माडीका केहि पण्डितहरु सशरीर तथा केहि अनलाइन तथा फोनका माध्यमबाट सहभागी रहेका थिए । सोह्र श्राद्धमा पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गरिन्छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिने प्रचलन छ ।

SwadeshPost