मध्यपूर्वी माडीको चौकीडाँडा गाउँमा नेपाल टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने

428
SwadeshPost

मध्यपूर्वी माडीको चौकीडाँडा गाउँमा नेपाल टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने भएको छ ।

पूर्वी माडीका दक्षिण अयोध्यापुरी, कान्तिपुर, इन्द्रबस्ती, बाह्रघरे, सागबारी, गणेशकुञ्ज र चौकीडाँडा लगायतका गाउँमा बसोबास मोबाइलको नेटवर्क राम्रो नरहेकाले नेपाल टेलिकमले नयाँ मोबाइल टावर निर्माण गर्ने भएको हो । मोबाइल नेटवर्क राम्रो नहुँदा सो क्षेत्रका हजारौं मोबाइल उपभोक्ताहरुले राम्रो सञ्चार सेवा र ईन्टरनेट चलाउन नपाइरहेको सार्वजनिक गुनासो र समाचारबिच माडी ८ वडा कार्यालयले नयाँ टावर निर्माणको पहल लिएको हो ।

टावर निर्माणका लागि माडी-८, चौकीडाँडा गाउँमा दिनेश कुमार पन्तको जमीन मञ्जुरीनामा सहित उपलब्ध गराइएको माडी ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो । लकडाउन सकिएलगत्तै नेपाल टेलिकमले टावर खडा गर्न सुरु गर्ने र निर्माण सकिएपश्चात हाल नेटवर्कको समस्या रहेका अधिकांश स्थानहरुमा नेटवर्क नआउने समस्या हट्ने टेलिकम कार्यालय भरतपुरका प्रमुख दिपक कुमार शाहको भनाई छ । सो क्षेत्रमा पहिले एनसेलको टावर रहेकोमा हावाहुरीका कारण ढलेपश्चात सो कम्पनीको नेटवर्क समेत नआउने समस्या रहेको छ ।

SwadeshPost