माडी क्षेत्रमा बजार र यातायात खुला, माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य

391
SwadeshPost

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीको बैठकले माडी नगर क्षेत्रमा बजार, व्यवसाय तथा मोटरसाइकल र अटो सञ्चालन खुला गर्ने निर्णय गरेको छ ।

माडी नगरपालिका कार्यालयमा बसेको समितिको बैठकले भोलि भाद्र २० गते शनिवार बिहान ७ बजेदेखि अर्को निर्णय नहुँदासम्म माडीको बजार खुला राख्ने निर्णय गरेको हो । यस अनुसार माडी भित्र पसल व्यवसायहरु कोरोना संक्रमण बिरुद्धको सुरक्षा मापदण्ड अपनाई विहान ७ बजेबाट साँझ ५ बजेसम्म खुला रहन पाउने भएका छन् । त्यसैगरी तिन चक्के अटोमा चालक सहित ३ जना र मोटरसाईकलमा १ जना मात्रै सवार हुन पाउने गरी नगरभित्र चल्न खुला गरिएको छ ।

तर माडी उपत्यकाबाट बाहिरिन र भित्रिन भने कडाई गर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्था र बिरामीहरुमात्रै माडीबाट बाहिर जान सक्ने र माडी प्रवेश गर्ने जोकोहीले पनि अनिवार्य रुपमा पि.सि.आर. नेगेटिभ आएको रिपोर्ट देखाउनैपर्ने निर्णय गरिएको माडी नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो । समुदायस्तरमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा लगातार तीनपटक सबैको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएसंगै माडी उपत्यकामा जनजीवन खुकुलो बनाउने निर्णय गरिएको हो ।

SwadeshPost