आशिष निर्माण सेवाको लोडेड ट्रिपर गुड्दा माडीको एक पुल भाँचियो

439
SwadeshPost

आशिष निर्माण सेवाको लोडेड ट्रिपर गुड्दा कारण माडी नगरपालिका वडा नं. २, लौगाईंस्थित एकवटा पुल भाँचिएको छ ।

माडी २, लौगाई गाउँबाट माडी ४ सिधुवा गाउँ छिर्ने बाटोमा रहेको पुलमाथि कंक्रिट बोकेको ना. १ ख. ४९४७ नम्बरको ट्रिपर गुड्दा पुलको स्ल्याब भाँचिएको हो । कंक्रिट बोकेको ट्रिपरले बाटो कालापत्रेका लागि आवश्यक बेस म्याटेरियल बोकेको भएपनि मुलबाटो हुँदाहुँदै भित्री बाटोबाट छिर्न खोज्दा पुल भाँचिएको स्थानीयबासीहरुले बताएका छन् ।

SwadeshPost