पि.सि.आर. अनिवार्य गर्नुलाई कतिपयले गलत रुपमा बुझेको नगरप्रमुख ढकालको भनाइ

476
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य गरिएको बिषयलाई कतिपयले गलत रुपमा बुझेको आरोप लगाउनुभएको छ ।

स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले माडी बाहिरबाट आउँदा आर्थिक कारण पि.सि.आर. रिपोर्ट ल्याउन सम्भव नहुनेहरुलाई होम क्वारेन्टाइमा राखी माडी नगरपालिकाले नै पि.सि.आर. परीक्षण गरिदिने बताउनुभयो । त्यसैगरी बिरामी लिएर भरतपुर वा माडी बाहिर गई फर्केकाहरु अनिवार्य रुपमा एक सातासम्म होम क्वारेन्टाइनमा बसिदिन अनुरोध गर्दै उहाँले एक सातापछि नगरपालिकाले स्वाब संकलन गर्ने समेत जानकारी दिनुभयो । बिहान भरतपुर गई साँझ फर्किनेहरुलाई पि.सि.आर. परीक्षण गर्न अनिवार्य नगरिएको पनि उहाँको भनाई छ ।

त्यसैगरी एकाघरको परिवार सदस्य भए दुईजना पनि मोटरसाइकलमा चढ्न सक्ने भन्दै नगरप्रमुख ढकालले सार्वजनिक यातायात बाहेक अन्य सबैखालको सवारी साधन चल्न खुला गरिएको जनाउनुभयो । यसबिचमा समुदाय स्तरमा पि.सि.आर. परीक्षण कार्यलाई निरन्तरता दिइरहिने भन्दै उहाँले कोरोना संक्रमण फैलन नदिन बाध्यात्मक रुपमा केहि निशेधात्मक निर्णयहरु गरिएपनि त्यो सबैको सु-स्वास्थ्यको लागि नै रहेकाले सकारात्मक रुपमा बुझिदिन र पालन गर्न उहाँको अनुरोध गर्नुभयो ।

SwadeshPost