माडीकाभित्र आइसोलेशनमा रहेका ९ जना संक्रमितहरुमध्ये ७ जनाले कोरोना जिते

313
SwadeshPost

माडीका नगर क्षेत्रभित्र आइसोलेशनमा रहेका ९ जना सक्रिय संक्रमितहरुमध्ये ७ जनाले कोरोना जितेका छन् ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले बुधबार बिहान प्रकाशित रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका पुरुष बाहेक अरु सबैले कोरोना जितेका हुन् । यसरी कोरोना जित्नेहरुमा कीर्ननपुर बजार व्यवस्थापन समितिका अध्यक्ष डोलनाथ आचार्य समेत हुनुहुन्छ । प्रयोगशालामा कुल २४५ वटा नमुनाहरु परीक्षण गर्दा माडीका सक्रिय संक्रमितमध्ये २ सहित १२ जनाको पि.सि.आर. रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी समुदायस्तरमा गरिएको चौथो चरणको पि.सि.आर. परीक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ आएको माडीका जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो । समुदायस्तरको कोरोना परीक्षणको क्रम निरन्तर जारी रहेको उहाँको भनाई छ ।

SwadeshPost