माडीको बगहीँबाट ठोरी जाँदै गरेको ट्रयाक्टरबाट खसेर ११ महिनाका एक बालकको मृत्यु

323
SwadeshPost

माडीको बगहीँबाट ठोरी जाँदै गरेको ट्रयाक्टरबाट खसेर ११ महिनाका एक बालकको दुःखद मृत्यु भएको छ ।

बिहीबार साँझपख बगहीँबाट ठोरी जाँदैगरेको ट्रयाक्टर बाढी आइरहेको दबुवा खोलामा कोल्टिँदा बालक खोलामा खसेका थिए । घटनामा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, कञ्चनपुर निवासी सन्तोष सुनार र निरुता सुनारका ११ महिने छोरा निमेष सुनारको मृत्यु भएको हो । सुनार परिवार ठोरी गाउँपालिका वडा नं. १, सरस्वतीनगरस्थित ससुराली घर जाने क्रममा सो दुर्घटना भएको बुझिएको छ ।

सुनार परिवार काठमाडौंबाट माडी हुँदै ठोरी पुग्ने मेट्रो बसमा आएको तर माडी ९ बगहीँस्थित रीउ नदीमै बस फँसेपछि ट्रयाक्टर चढी ठोरी प्रस्थान गरका थिए । यात्राको क्रममा बिच जंगलमै सो घटना भएको थियो तर बर्षा र बाढीका कारण तत्कालै बालकको उद्धार वा खोजी हुन सकेको थिएन । मृतक बालकको शव आज बिहानपख जंगलभित्रै रातोमाटे भन्ने स्थानमा भेटिएको छ ।

SwadeshPost