हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु,

264
SwadeshPost

चितवन । हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु भएको छ । माडी नगरपालिका-३, पौहारी सुकुम्बासी टोल निवासी ३८ बर्षका प्रेम प्रसाद महतोको हृदयघातका कारण भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

आइतबार राती मुटुमा समस्या आएललगत्तै परिवारले बसन्तपुरस्थित बघौंडा अस्पताल ल्याइएकोमा सो अस्पतालले भरतपुरस्थित सि.एम.सी.मा रेफर गरिदिएको थियो । सोमबार दिउँसो अन्तिम अवस्थामा बिरामीको शल्यक्रिया गरिएको थियो । त्यसलगत्तै सोमबार राती नै अस्पतालले बिरामीको मृत्यु भएको जानकारी दिएको हो ।

(तस्वीर: बिरामीलाई आकस्मिक कक्षमा भर्ना गर्दाको समयमा खिचिएको फोटो)

SwadeshPost