मालपोत कार्यालयमा कार्यरत १ पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना पुष्टी

481
SwadeshPost

मालपोत कार्यालय माडीमा कार्यरत एकजना पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

भरतपुर अस्पतालले गएसाँझ प्रकाशन गरेको रिपोर्ट अनुसार माडी नगरपालिका वडा नं. १, ३, ६ र ९ निवासी बर्ष २६ देखि ५७ बर्षसम्मका ३ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । योसंगै माडी नगरपालिका वडा नं. ९ मा पहिलोपटक कोभिड १९को संक्रमण देखिएको छ । त्यहाँ १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यता, बसन्तपुरस्थित बघौंडा अस्पतालमा कार्यरत ५ मध्ये ४ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । अस्पतालमा कार्यरत माडी १ निवासी एक स्वास्थ्यकर्मी बाहेक अरु सबैको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको हो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाद्वारा गएसाँझ गरिएको परीक्षणमा माडीका ६ संगै भरतपुरका २७, खैरहनी र रत्ननगरका २ तथा राप्तीका १ जनासहित ३८ वटा नमुनाको पोजेटिभ रिपोर्ट आएको प्रयोगशाला प्रमुख डा. नीतु ढुंगानाले जनाउनुभयो ।

SwadeshPost