माडी नगर पशुपंक्षी सेवा शाखाले अनुदानमा जै र बर्सिम घाँसको बिउ बितरण गर्दै

476
SwadeshPost

माडी नगरपालिका पशुपंक्षी सेवा शाखाले व्यवसायिक पशुपालक कृषकहरुलाई उन्नत जातका पोषिलो घाँसको बिउ बितरण गर्न लागेको छ । गाईभैंसी र बाख्राहरुमा हरियो घाँसको कमी हुन नदिन ५० प्रतिशत अनुदानमा कृषकहरुलाई जै र बर्सिम घाँसको बिउ वितरण गर्न लागिएको शाखाका प्रमुख रबिन बस्ताकोटीले जानकारी दिनुभयो ।

हिउँदे घाँसको बिउ वितरण कार्यक्रम अन्तरगत (भोलि) बुधबार दिउँसो १ बजेबाट सुरु गरी कुल ३५०० किलोग्राम जै र १७३ के.जी. बर्सिम बिउ वितरण गरिने बस्ताकोटीको भनाई छ । जै घाँसको टेन्डर मुल्य प्रति किलो रु. ९८ र बर्सिमको प्रतिकिलो रु. ३३० परेकोमा कृषकहरुले त्यसको आधा मुल्य तिरेर बिउ लैजान सक्ने उहाँले बताउनुभयो ।

SwadeshPost