माडीको अयोध्यापुरी क्षेत्रमा रामचरित मानस को सामूहिक पाठ-पारायण सम्पन्न

72
SwadeshPost

भगवान श्रीरामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडीको अयोध्यापुरी क्षेत्रमा रामचरित मानस को सामूहिक पाठ-पारायण सम्पन्न भएको छ ।

माडी-९, गणेशकुञ्जस्थित राम मन्दिर परिसरमा अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल अमेरिकाको संयुक्त आयोजनामा सामूहिक पारायण गरिएको हो । समितिका अध्यक्ष नारदमणि पौडेलको अध्यक्षता र माडीका नगर-प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा नगर उप-प्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्षहरु एवं राजनैतिक दलका प्रतिनिधीहरुको समेत आतिथ्य रहेको थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले प्रधानमन्त्री के.पी. शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश वाचन गरी सुनाउनुभएको थियो भने वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी राष्ट्रिय कलाकारहरु पण्डित दिवाकर शर्मा र पुरुषोत्तम शास्त्रीले बाद्यवादन सहित नेपालीमा अनूदित रामचरित मानस पुस्तकको सुन्दर काण्डको पारायण गर्नुभएको थियो । सोह्रौं शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधी भाषामा लिखित सो पुस्तक पण्डित तुल्सीराम शर्माले नेपालीमा छायाँ अनुवाद गर्नुभएको हो ।

Mahindra