माडी नगरपालिकाले १३०० घरधुरी बिपन्नहरुको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने

249
SwadeshPost

माडी नगरपालिकाले चालू आर्थिक बर्षमा करीब १,३०० घरधुरी बिपन्नहरुको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने भएको छ ।

माडीका ९ वटै वडाहरुमा रहेका बिपन्न परिवारहरुलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन करीब ५० लाखको लागतमा १,३०० घरधुरीको निःशुल्क स्वास्थ्य वीमा गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । स्वास्थ्य वीमा गरिएसंगै वीमित परिवारहरुले माडीको बघौंडा अस्पतालसंगै स्वास्थ्य वीमा कार्यक्रम लागु रहेको भरतपुरका स्वास्थ्य संस्थाहरुमा १ लाख रुपैंयासम्मको नि:शुल्क स्वास्थ्य सेवा पाउन सक्नेछन् ।

निर्धारित एक लाखभन्दा बढीको स्वास्थ्य सेवा लिनैपर्ने अवस्थामा पनि विपन्न वर्गले माडीको बघौंडा अस्पतालबाट नि:शुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था गरिएको नगरप्रमुख ढकालको भनाई छ । नगरपालिकाबाट जारी हुन लागको विपन्नताको परिचयपत्रका आधारमा नि:शुल्क स्वास्थ्य वीमा गरिने जनाइएको छ ।

SwadeshPost