मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको उपचारका क्रममा दुखद मृत्यु

239
SwadeshPost

मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका माडी-१, अम्बाबास, निवासी सुनिल महतोको उपचारका क्रममा दुखद मृत्यु भएको छ । गत कार्तिक २७ गते साँझ ८ बजे मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका २७ बर्षीय महतोको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमवार मृत्यु भएको हो ।

बरुवा बजारबाट मोटरसाइकल चलाई घर फर्किने क्रममा माडी २, सितलपुर निवासी निल कुमार महतो सवार प्रदेश २, ००२ प. ३२८२ नम्बरको मोटरसाइकलले सुनिललाई ठक्कर दिइको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी चौकी बरुवाको नियन्त्रणमा रहेको छ भने चालक महतोलाई जिल्ला प्रहरी कार्यालय भरतपुरले नियन्त्रणमा लिई आवश्यक कारवाही जारी राखेको छ । बाटो कालोपत्रे हुँदै जाँदा माडी क्षेत्रमा सवारी दुर्घटनाको क्रम समेत बढेको छ ।

SwadeshPost