बच्चाहरू खेल्ने क्रममा माडीको स्याउलीबासमा आगलागी, टौवा जलेर नष्ट

437
SwadeshPost

चितवन । माडीको स्याउलीबास गाउँमा आगलागी हुँदा घरसंगैको परालको टौवा जलेको छ । बच्चा खेल्ने क्रममा सल्केको आगोका कारण माडी-६, स्याउलीबास निवासी सुभद्रा रानाभाटको टौवा जलेको हो ।

दिउँसो करीब २:४५ बजे सुरु भएको आगलागी स्थानीयबासी, प्रहरी र माडी नगरपालिकाको दमकलको सामुहिक प्रयासमा थप फैलिन नपाई नियन्त्रणमा आएको थियो । आगलागीबाट पराल जल्दा अन्दाजी २० हजार रुपैंया बराबरको क्षती भएको माडी प्रहरीले जनाएको छ । बच्चाहरुले आगोजन्य पदार्थसंग खेल्दा आगलागीजन्य दुर्घटना हुनसक्ने भन्दै सजगता अपनाउन प्रहरीको अनुरोध छ ।

SwadeshPost

Leave a Reply