सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न सघाउन विद्यालयहरुलाई अनुदान

308
SwadeshPost

चितवन । नगर शिक्षा शाखाले सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न माडीका तीनवटा विद्यालयहरुलाई अनुदान दिने भएको छ ।

विद्यालयहरुलाई उत्पादनसंग जोड्न अनुदान दिने शीर्षकमा १५ लाख रुपैंया विनियोजन रहेको छ । यस कार्यक्रम अन्तरगत कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगर, जनकल्याण माध्यमिक विद्यालय कल्याणपुर र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडालाई अनुदान दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जनाउनुभयो ।

हाल कृष्णनगर माध्यमिक विद्यालयले करीब ३ बिगाहा क्षेत्रफलमा माछापालन गरिरहेको छ । माछापालनको आयबाट विद्यालय सञ्चालनका लागि श्रोत संकलन हुनेगरेको छ । यता, जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थी र समुदायहरुलाई कृषि उत्पादनमा जोड्नेगरी ३ बिगाहा जमीनमा टनेल सहितको तरकारी र फूलखेती अगाडि बढाएको छ । अनुदान पाउने निर्णय भएको तेश्रो विद्यालय दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले समेत तरकारी खेतीलाई परियोजनाका रुपमा अगाडि बढाउने तयारी गरिरहेको जनाएको छ ।

SwadeshPost