माडीमा आधारभूत तहमा ‘हाम्रो माडी’ नामको स्थानीय पाठ्यक्रम लागु हुँदै

220
SwadeshPost

चितवन । माडी नगरपालिका शिक्षा समितिले आधारभूत तहमा लागु हुन लागेको हाम्रो माडी नामको स्थानीय बिषयको पाठ्यक्रम स्वीकृत गरेको छ ।

सुरुवातमा कक्षा १ र त्यसपछि क्रमशः २ र ३ हुँदै लागु हुने हाम्रो माडी नामको स्थानीय बिषयको पुस्तकमा हाम्रा जनप्रतिनिधीहरु, हाम्रो भौगोलिक अवस्था, हाम्रो वातावरण, हाम्रो संस्कृति र साँस्कृतिक सम्पदा, हाम्रा विकासका पूर्वाधारहरु, हाम्रा आर्थिक गतिविधिहरु, हाम्रा सामाजिक गतिविधिहरु, हाम्रो सुरक्षा र हाम्रो बानीव्यवहार शीर्षकका १० वटा विषयक्षेत्र रहनेगरी पाठ्यक्रम स्वीकृत भएको हो । कक्षा १ को पुस्तक प्रकाशनको अन्तिम तयारीमा रहेको र यसै शैक्षिक बर्षबाटै यो पुस्तक लागु हुने जनाइएको छ ।

पुस्तक लेखनका लागि लागि चन्द्रमणि महतो, भविश्वर ढकाल, कुलानन्द भुसाल र रामप्रसाद भण्डारी सम्मिलित विशेषज्ञ शिक्षक मण्डल क्रियाशील रहेको छ । सो समूहमा शिक्षकहरु माधव पोख्रेल, युवराज लामिछाने र राजु अधिकारी तथा कम्प्युटर कार्यमा नागेन्द्र झा जोडिनुभएको हो । हाल स्थानीय निकायले कक्षा १ देखि ५ सम्म ४ पाठ्यभार र कक्षा ६ देखि ८ सम्म ५ पाठ्यभार रहेको १०० पूर्णाङ्क युक्त स्थानीय बिषय लागु गर्न सक्ने व्यवस्था छ । (साँकेतिक तस्वीर)

SwadeshPost