माडीको जनकल्याण मा.वि., आ. वि. रतनी धोबाहा र दक्षिण अयोध्यापुरी आ. वि. नमुना शैक्षिक संस्था घोषित

376
SwadeshPost

चितवन । माडीको जनकल्याण माध्यमिक विद्यालय, आधारभूत विद्यालय रतनी धोबाहा र दक्षिण अयोध्यापुरी आधारभूत विद्यालय नमुना शैक्षिक संस्था घोषित भएका छन् ।

माडी नगरपालिका शिक्षा समितिको बैठकले माध्यमिकतर्फ जनकल्याण माध्यमिक विद्यालय माडी-६, कल्याणपुरलाई, आधारभूततर्फ आधारभूत विद्यालय रतनी धोबाहा, माडी-३, रतनीलाई र पूर्व प्राथमिकतर्फ दक्षिण अयोध्यापुरी आधारभूत विद्यालय, माडी ८को बाल विकास इकाईलाई नमुना घोषणा गर्ने निर्णय गरेको हो । विद्यार्थी संख्या, शैक्षिक गुणस्तर र अन्य मापदण्डहरुको आधारमा सो शैक्षिक संस्थाहरु नमुना घोषित भएको शिक्षा समितिको भनाई छ ।

नमुना घोषित विद्यालयहरुको डि.पि.आर. निर्माणका लागि अनुदान दिइने र त्यसैअनुसार विभिन्न शीर्षकमा लगानी गर्ने व्यवस्था रहेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जनाउनुभयो । माडीमा यसअघि वागमती प्रदेश सरकारले जनजीवन माध्यमिक विद्यालय, माडी-८, खरकट्टालाई र संघीय सरकारले माडी माध्यमिक विद्यालय, माडी-३, बसन्तपुरलाई नमुना घोषित गरी आर्थिक लगानी र सहयोग गरिरहेको छ ।

SwadeshPost