माडीका सबै वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठित

454
SwadeshPost

माडीका ९ वटै वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठन भएका छन् ।

यसअघि वडाहरुमा गठित वडास्तरीय बिपद् व्यवस्थापन समितिहरु निश्क्रिय रहेकाले पुनर्गठित गरी क्रियाशील र भूमिकायुक्त बनाइएको हो । वडाभित्र हुनसक्ने बिपद् जोखिमको व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी रहने सो समितिहरुमा वडाका जनप्रतिनिधी, राजनैतिक दल, सामाजिक अगुवा र विपद् जोखिम क्षेत्रबासीहरुको प्रतिनिधित्व रहेको नगरपालिकाका बिपद् श्रोतव्यक्ति गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।

यसैबिच, नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.)को आयोजनामा भोलि मंसिर ७ गतेदेखि ४ दिने स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका तालिम सञ्चालन हुँदैछ । जापानी दातृसंस्था साप्लानीरको सहयोगमा माडी नगरपालिकामा सञ्चालित विपद् जोखिम न्यूनिकरणका लागि एक नदी एक समुदाय परियोजना अन्तरगत सो तालिम सञ्चालन हुन लागेको हो ।

SwadeshPost