जंगली मौरी (सिंगुस)ले टोक्दा माडीमा सात जना युवा क्रिकेटरहरू घाइते

1.39K
SwadeshPost

सिंगुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीमा ७ जना युवाहरु घाइते भएका छन् । माडीको बसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्न लाग्दा सिंगुसले खेलाडीहरुलाई लखेट्दै टोकेको हो ।

सिंगुसले दर्जनौं खेलाडीहरुलाई टोकेकोमा ७ जना खेलाडीहरु अस्पतालमै पुग्नुपर्नेगरी घाइते भएका हुन् । उनीहरुमध्ये २ जनालाई बघौंडा अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने अन्य ५ जनालाई उपचारपछि फलोअपमा आउने गरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

SwadeshPost