कोरोना कहरबिच माडीमा कक्षा १२ को बार्षिक परीक्षा सञ्चालन सुरु

489
SwadeshPost

माडीमा दश जोड दुई कार्यक्रम सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुमा कोरोना कहरबिच कक्षा १२ को बार्षिक परीक्षा सुरु भएको छ । माडीमा माडी क्याम्पस, सोमेश्वर मा.वि., जनजीवन मा.वि. र माडी मा.वि.मा कक्षा १२ को बार्षिक परीक्षा सञ्चालन सुरु भएको हो ।

परीक्षामा परीक्षामा माडी क्याम्पसका नियमित तर्फका १२५ र आंशिकतर्फका ६७ गरी १९२ जना, सोमेश्वर मा.वि.का नियमिततर्फका ५६ र आंशिकतर्फ ५२ गरी १०८ जना र जनजीवन मा.वि.का नियमिततर्फका ५६ र आंशिकतर्फ २३ गरी ७९ जना र माडी मा.वि.मा पशुविज्ञान अध्ययनरत २५ जना परीक्षार्थीहरु सहभागी रहँदैछन् । परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको र भौतिक दुरी कायम हुनेगरी परीक्षा सञ्चालन गरिने चारवटै होमसेन्टर परीक्षा केन्द्रहरुले जनाएका छन् ।

SwadeshPost