पटिहानीस्थित अम्ब्रेला स्ट्रीटमा पर्यटकहरुको आगमन बढ्दो

502
SwadeshPost

कोरोना कहरको कारण बन्द रहेको चितवनको पटिहानीस्थित अम्ब्रेला स्ट्रीट खुलेसंगै पर्यटकहरुको आगमन र चहलपहल बढेको छ । गत कार्तिक १५ गतेदेखि पर्यटकका लागि खुलेको अम्ब्रेला स्ट्रीटमा तिहार यता दैनिक ६०० देखि ३ हजारसम्म पर्यटकहरु आएर अवलोकन तथा रमाउने गरेको छन ।

स्ट्रीटमा, सप्तरङ्गी छाताको आकारमा पानीको फोहोरा दिने ‘वाटर फाउन्टेन’ र नदीकिनार छेउमै ‘भ्यू प्वाइन्ट’ बनाइएको छ । जहाँबाट गैँडा, मृग, गोही, चरा नियाल्नुका साथै रात्रिकालीन फुड प्वाइन्टका रुपमा बनाइएको पूर्वाधार आकर्षक रहेको छ । त्यहाँबाट राप्ती नदीसँगै चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य हेर्न सकिन्छ । निकुञ्जबाट निस्केर पानी पिउन र आहाल बस्न आउने गैँडा र नदीबाट निस्केर किनारमा घाम ताप्दै गरेको गोहीले पर्यटकहरुलाई लोभ्याउने गर्दछन् । स्ट्रीटमा आन्तरिक पर्यटकहरूको भिड बढे पनि लामो समय सम्म पर्यटकहरुलाई त्यहाँ टिकाउन भने नसकिएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकार राज थपलिया बताउनु हुन्छ ।

SwadeshPost