माडीमा विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका प्रशिक्षण सम्पन्न

441
SwadeshPost

चितवन । माडी नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को संयुक्त आयोजनामा चार दिनसम्म सञ्चालित नगरस्तरीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका प्रशिक्षण सम्पन्न भएको छ ।

जापानी राजदुतावास र जापानी दातृसंस्था साप्लानीरको आर्थिक र प्राविधिक सहयोगमा सम्पन्न सो तालिममा नगरपालिकाको आवधिक विकास रणनिती, नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबिच कानुनी पक्षहरु, विकास, निर्माण र संरक्षण सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । त्यसैगरी राष्ट्रिय नीति र रणनिती, स्थानीय सरकार निहित अधिकार, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु, विपदको सन्दर्भमा संघिय, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा क्षेत्र र दायित्व सम्बन्धमा अभिमुखीकरण समेत गरिएको आर.आर.एन.का परियोजना संयोजक रविन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो ।

SwadeshPost