दीप प्रज्वलन गरी माडीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन सुरु

342
SwadeshPost

माडी नगरपालिका महिला समितिको आयोजनामा माडीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । ‘लैंगिक हिसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको हो ।

समितिको आयोजनामा सुरु भएको अभियान अन्तरगत आफन्त नेपाल, पौरखी नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान, वुमन एक्ट, महिला अधिकार मञ्च चितवन र ईलाका प्रहरी कार्यालय माडीको समुदाय प्रहरी साझेदारी कार्यक्रमले सहकार्य गर्दै बसन्तपुर बजारमा दीप प्रज्वलन गरेका छन् ।अभियानकै क्रममा हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको निस्शुल्क स्वास्थ्य वीमा गरिने, हस्ताक्षर संकलन र रेडियो सुचना सम्प्रेषण लगायतका कार्यक्रमहरु समेत रहेको माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो ।

SwadeshPost

Leave a Reply