अनिवार्य रुपमा नगरपालिकामा व्यवसाय दर्ता गर्न माडी न.पा.को बाध्यकारी सुचना

451
SwadeshPost

माडी नगरपालिका कार्यालयले माडी नगर क्षेत्रमा सञ्चालित सबैखालका उद्योग व्यवसायहरुलाई अनिवार्य रुपमा नगरपालिकामा व्यवसाय दर्ता गर्न बाध्यकारी सुचना जारी गरेको छ ।

जारी सुचना अनुसार हालसम्म नगरपालिकामा दर्ता नरहेको सबै प्रकारका उद्योग, व्यापार, पेशा वा अन्य व्यवसायिक कारोबार गर्ने व्यक्ति, फर्म वा कम्पनीहरुलाई आउँदो पुस १५ गतेभित्र दर्ता हुन आग्रह गरिएको छ । सो समयभित्र दर्ता हुन नआउने व्यवसायीहरुलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने नगरपालिकाको चेतावनी छ । घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिस्टारको कार्यालय वा अन्य जुनसुकै निकायमा दर्ता भई सञ्चालनमा रहेपनि नगरपालिकमा दर्ता हुन अनिवार्य गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

त्यसैगरी नगर क्षेत्रभित्र भाडामा दिइएका घर, टहरा, जग्गा वा पोखरी लगायतका संरचनाको बहाल करार विवरण बुझाउन ३५ दिनको समयसीमा तोकिएको छ । नगरपालिकाले जारी गरेको सुचना अनुसार नगर क्षेत्रभित्र घर, टहरा, जग्गा वा पोखरी भाडामा दिने पक्षले आउँदो पौष १४ गतेभित्र सम्बन्धित वडा कार्यालय वा नगरपालिका कार्यालयमा बहालको जानकारी गराई पौष मसान्तभित्र बहालकर तिर्नुपर्ने भएको हो ।

SwadeshPost