चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला, चालू आर्थिक वर्षमै १५ गैँडाको मृत्यु

562
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा (केटी – गैँडा) मृत अवस्थामा भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैँडाले आक्रमण गरेको हुनसक्ने आँकलन गरिएको छ । उक्त केटीको ब्रह्मखाग (भर्खर पलाउन लागेको खाग) तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैँडा मरेका छन् । तीमध्ये चार वटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् । (रासस)

SwadeshPost