माडी नगरपालिका जनस्वास्थ्य शाखाले नि:शुल्क स्वाब संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
शाखाको कार्यालयसंगै बसन्तपुर बजारमा स्थापित स्वाब संकलन केन्द्रमा हरेक आइतबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो । अस्पताल वा वडाध्यक्षको सिफरिस तथा कोभिड संक्रमित जोखिम क्षेत्रबाट आएकाहरुले लक्षणका आधारमा स्वत:स्फूर्त रूपमा नि:शुल्क स्वाब परीक्षण गर्नसक्ने व्यवस्था गरिएको हो ।
यसैबिच, माडी क्षेत्रमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना पुष्टी हुनेहरुमा माडी-६ रामराज्यपुरका ६० बर्षका पुरुष, माडी-१ पाण्डवनगर निवासी ६२ बर्षका पुरुष र माडी-५ निवासी बर्ष ५३ का पुरुष रहेका छन् । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टी भएको हो । (सांकेतिक तस्वीर)