चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् ।
विज्ञापन १
कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका-२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
विज्ञापन २
यसैबिच, कैदी बन्दी फरार भएसंगै सीमावर्ती क्षेत्रमा रहेको माडीका प्रहरीहरु गाउँबस्ती र जंगल क्षेत्रमा फरार कैदी बन्दीको खोेजीमा जुटेका छन् । आफूहरु गएराती देखि नै फरार कैदीको खोजीमा रहेको माडी प्रहरी प्रमुख झलक शर्माले जनाउनुभयो । (सांकेतिक तस्वीर)
विज्ञापन ३