निकुञ्जभित्र, पश्चिमी माडीको मरोट खोला सिरानमा एउटा भाले गैंडाको मृत्यु

598
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र, बगहीँ माडी सेक्टर अन्तरगत पश्चिमी माडीस्थित मरोट खोला सिरानमा एकवटा गैंडा मरेको छ ।

बिहीबार दिउँसो २ बजे ढाबमा डुबेर घाइते भएको अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो । निकुञ्जका प्राविधिकहरुले उपचारको प्रयास गरिरहेको सो गैंडा शनिबार बिहान मरोट खोला नजिकैको चुरेको दक्षिणी फेंदीमा खसेर मरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले जानकारी दिनुभयो ।

अन्दाजी २५-३० वर्षको सो भाले गैंडाको तीनवटा खुट्टा भाँचिएको र खाग तथा खुर सुरक्षित रहेको निकुञ्ज श्रोतले जनाएको छ । यो संगै श्रावण यता निकुञ्जभित्र १६ वटा गैंडा मरिसकेका छन् । त्यसमध्ये चारवटा गैंडा तस्कर र सिकाशीहरुले मारेका हुन् । पछिल्ला दिनहरूमा गैंडाहरु प्राकृतिक कारणबाट मर्ने र तस्करबाट मारिने क्रम बढेको देखिन्छ । (फाइल फोटो)

SwadeshPost