

बघौंडा माहिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्षमा २९ लाख १९ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । सहकारीको शनिवार सम्पन्न सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार सहकारीले १ करोड ७० लाख ६८ हजार आय गर्दा १ करोड ४१ लाख ४८ हजार व्यय वा खर्च भएको हो ।

सहकारीकी अध्यक्ष मनि कुमारी महतोको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो, सहकारी संयोजक ईश्वरी ढकाल र वडाध्यक्ष पुरन महतो लगायतको आतिथ्य रहेको थियो । सो सहकारीले, माडीका अन्य साना किसान कृषि सहकारीहरुले झैं माडी नगरपालिकामार्फत व्यवसायिक पशुपालक कृषकहरुलाई ४ प्रतिशत व्याजदरमा ऋण लगानी गरेको छ ।

