माडी ५ लाई नेपालकै पहिलो ‘मर्यादित महिनावारी वडा’ घोषणा गर्न स्थानीयबासी प्रतिबद्ध

342
SwadeshPost

माडी नगरपालिका वडा नं. ५ लाई नेपालकै पहिलो ‘मर्यादित महिनावारी वडा’ घोषणा गर्न सो वडाबासीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम) माडी चितवन र माडी नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा सम्पन्न मर्यादित महिनावारी सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सन्दर्भमा वडा कार्यालय र वडाबासीहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले महिनावारीलाई पाप र संकोचका रुपमा नलिई सहज र प्राकृतिक प्रक्रियाको रुपमा लिन तथा महिनावारीको नाउँमा छुवाछुत र हिंसा नगर्न सार्वजनिक अनुरोध गरेका थिए ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारा सहित मंसिर १० गतेबाट सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको आयोजकको भनाई छ कार्यक्रममा वडाध्यक्ष रामबन्धु पोखरेलसंगै न्यासमका पदाधिकारीहरु साबित्री भण्डारी, देव कुमारी कार्की, कुविजा पोखरेल र वडाबासीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost