माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा मायानाथ अधिकारी

563
SwadeshPost

पूर्वी माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मायानाथ अधिकारी चयन हुनुभएको छ ।

समूहको दोश्रो साधारणसभाबाट अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समूहको उपाध्यक्षमा मान बहादुर रुम्बा, सचिवमा गंगा बहादुर अधिकारी, सहसचिवमा साजन गुरुङ र कोषाध्यक्षमा साबित्री सुनार चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुमन दुरा, सन्तोष सुनार, दल बहादुर बोहोरा, हरिमाया सुनार, रानीमाया सुनार र तारा अधिकारी चुनिनुभएको छ ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक र चितवन राष्ट्रिय निकुञ्जका माडी बगहीँ सेक्टर प्रमुख सहायक वार्डेन शान्त मगरको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । करीब ४९९ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन क्षेत्रमै चर्चित कुसुमखोला गाउँको केहि हिस्सा समेटिएको छ ।

SwadeshPost