अयोध्यापुरी महिला साना किसान कृषि सहकारीद्वारा ३० लाख ७६ हजार रुपैंया खुद नाफा

460
SwadeshPost

अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्षमा ३० लाख ७६ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ ।

सहकारीको आइतबार सम्पन्न सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार सहकारीले गत आ.व.मा १ करोड ७० लाख ३० हजार आय गर्दा १ करोड ३९ लाख ५३ हजार व्यय वा खर्च भएको हो । सहकारीकी अध्यक्ष जानकीदेवी पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रममा माडी नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष शिवहरि सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।

अघिवेशन अन्तरगत माडी ७ र ८ का समूहहरुबाट प्रतिनिधी छानिएका छन् भने माडी ९ का अन्तरसमूह प्रतिनिधी छनौट भएपछि पदाधिकारी छनौट गरिने सहकारीकी व्यवस्थापक लक्ष्मी लामिछानेले जानकारी दिनुभयो ।

SwadeshPost