नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ माडीको अध्यक्षमा मुरारी मोहन खड्का चयन

383
SwadeshPost

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ माडी ईकाई समितिको अध्यक्षमा मुरारी मोहन खड्का चुनिनुभएको छ ।

ईकाइका दोश्रो अधिवेशन तथा तेश्रो साधारणसभाबाट खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण महतो, सचिवमा सुकराम महतो र कोषाध्यक्षमा ताराचन्द्र महतो रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दीपेन्द्र पाण्डे, श्रीराम ढकाल, डिल्लीराम महतो, लक्ष्मी दराई, मीना क्षेत्री, गोपाल श्रेष्ठ र जितबहादुर आचार्य रहनुभएको छ ।

त्यसैगरी ईकाईको सल्लाहकार संयोजकमा निवर्तमान अध्यक्ष कृष्ण बहादुर रानाभाट र सदस्यद्वयमा मीन बहादुर राई र ध्रुब महतो चयन हुनुभएको छ । ईकाईले नेपाली सेनाबाट निवृत्त भएका माडीबासीहरुबिच भ्रातृत्व कायम गर्ने, आपसी सहयोग र समन्वय गर्ने र सामुहिक हीतका अन्य काम गर्ने उद्देश्य राखेको नवनिर्वाचित समितिका अध्यक्ष मुरारी मोहन खड्काले जनाउनुभयो ।

SwadeshPost