बघौंडा महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा अनुषा चौधरी निर्वाचित

472
SwadeshPost

बघौंडा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा अनुषा चौधरी निर्वाचित हुनुभएको छ । संस्थाको आइतबार सम्पन्न दोश्रो अधिवेशनबाट चौधरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा डोली चौधरी र सदस्यहरुमा रामकुमारी महतो, खिनमाया रानाभाट, मायादेवी महतो, दिल कुमारी लामिछाने, दिल कुमारी महतो, धनमाया थापा र आशा क्ुमारी चौधरी चयन हुनुभएको छ । त्यसैगरी लेखा समिति संयोजकमा कुबिजा पोखरेल र सदस्यद्वयमा मनकला अधिकारी र अनिता महतो चुनिनुभएको सहकारीकी व्यवस्थापक मेघी कुमारी महतोले जानकारी दिनुभयो ।

SwadeshPost