सामूहिक बलात्कारमा परेकी माडीकी किशोरीले शिशु जन्माइन, अस्पतालबाटै न्यायको प्रतीक्षा

925
SwadeshPost

चितवन । सामूहिक बलात्कारमा परेकी माडीकी एक किशोरीले भरतपुर अस्पतालमा शिशुलाई जन्म दिएकी छन् ।

लगातार २ बर्षदेखि बलात्कृत हुँदै आएकी माडी नगरपालिका-८, चौकीडाँडाकी १४ वर्षे किशोरीले ८ महिनामै १ के.जी. ८०० ग्रामको शिशु जन्माएकी हुन् । नवजात शिशुको भरतपुर अस्पतालको एन.आई.सि.यु.मा जटिल अवस्थामा उपचार भइरहेको छ भने आमाले अस्पतालको शैय्याबाटै न्यायको प्रतीक्षा गरिरहेकी छिन् ।

निम्नमध्यम वर्गीय बाह्मण परिवारकी किशोरीलाई माडीकै एक २० वर्षीय युवकले विगत २ बर्षदेखि बारम्बार यौनशोषण गर्दै आएका थिए । पछि उनै युवकले एक ट्रक चालकलाई किशोरीको मोबाइल नम्बर दिएका थिए । ट्रक चालक युवकले सुर्खेतसम्म लगेर बारम्बार बलात्कार गरेको पीडित किशोरीको आरोप छ । अन्य दुई युवकहरुले पनि सामूहिक बलात्कार गरेको किशोरीले बयान दिएकी छिन् ।

घटनाका आरोपीमध्ये माडी-८ चौकीडाँडाकै एकजना र सोही वडाकै इन्द्रबस्ती गाउँका दुईजना युवकहरु पक्राउ परेका छन् भने चौथो आरोपित, नवलपरासीका युवक फरार रहेका छन् । सहमतीमै भएको सम्बन्धलाई बलात्कारको मुद्धा बनाइएको आरोपित पक्षको प्रत्यारोप छ । हाल चितवन जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा मुद्धा बिचाराधिन रहेको छ ।

SwadeshPost