कल्याणपुर महिला साना किसान कृषि सहकारीको अध्यक्षमा यकुमाया चापागाईं

सहकारीद्वारा गत आ.व.मा ३१ लाख ७३ हजार खुद मुनाफा आर्जन

690
SwadeshPost

कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा यकुमाया चापागाईं निर्वाचित हुनुभएको छ ।

सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट, अध्यक्ष पदका अर्का प्रत्यासी कमलमाया सुवेदी गौतमलाई पराजित गर्दै चापागाईं अध्यक्षमा निर्वाचित हुनुभएको हो । सहकारीको उपाध्यक्षमा भने तुलसी निरौला चयन हुनुभएको छ ।सहकारीका सदस्यहरुमा सोहदरी पावे, पार्वती पोखरेल, सीता पौडेल, कमलमाया सुवेदी गौतम, तुलसी न्यौपाने, लीला सुनार र देवका पण्डित पाण्डे चयन हुनुभएको छ । त्यस्तै लेखा समिति संयोजकमा जया निरौला निर्वाचित हुनुभएको भने लेखा सदस्यद्वयमा निशा काफ्ले पौडेल र टिका कुमारी ओझा चयन हुनुभएको छ ।

मीना अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । सहकारीले गत आर्थिक बर्ष २०७६/७७ मा ३१ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेको सहकारीकी व्यवस्थापक लीलादेवी क्षेत्रीले जानकारी दिनुभयो ।

SwadeshPost