अयोध्यापुरी महिला साना किसान कृषि सहकारीको अध्यक्षमा अस्मिता दाहाल

755
SwadeshPost

अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लि., माडी-८, खरकट्टाको अध्यक्षमा अस्मिता दाहाल निर्वाचित हुनुभएको छ ।

सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट अध्यक्ष पदका अन्य दुई प्रत्यासीहरु गंगा पोखरेल र सुमन भट्टराई तिमिल्सिनालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । सहकारीको उपाध्यक्षमा सरस्वती काफ्ले चयन हुनुभएको छ ।अधिवेशनबाट सहकारीको सञ्चालक समिति सदस्यहरुमा सुमन भट्टराई तिमिल्सिना, गंगा पोखरेल, सोममाया पुन, दुर्गादेवी अधिकारी, पार्वती अधिकारी, पिपला भण्डारी र मनिता बि.क. चयन हुनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा जानकी देवी पौडेल र लेखा सदस्यद्वयमा मीरा नेपाल सापकोटा र लक्ष्मी खनाल न्यौपाने चयन हुनुभएको छ ।

साधारणसभा तथा अधिवेशन कार्यक्रम तीन माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी तीन चरणमा सञ्चालन गरिएको सहकारीकी व्यवस्थापक लक्ष्मी लामिछाने गौतमले जनाउनुभयो । सहकारीले गत आर्थिक बर्ष २०७६÷७७ मा ३० लाख ७६ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

SwadeshPost