माडीका किशोरीहरुलाई ‘अनलाईन यौन दुर्व्यवहार र त्यसको कानुनी उपचार’ सम्बन्धी प्रशिक्षण

454
SwadeshPost

किशोरीहरु माथि हुनसक्ने ‘अनलाईन यौन दुर्व्यवहार’ र त्यसको कानुनी उपचार सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय माडी र चितवन सक्रिय महिला प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानको कार्यक्षेत्रभित्र बस्ने ४० जना किशोरीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई माडीका प्रहरी प्रमुख झलक शर्मा पौडेलले, ‘कम्प्युटर तथा इन्टरनेटबाट किशोरीमाथि हुनसक्ने दुर्व्यवहार’का घटना र त्यस्को कानुनी उपचारका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यसैबिच, अन्तर्राष्टिय स्वयम्सेवक दिवसको अवसर पारी सार्वजनिक यातायातमा हुने लौंगिक हिंसा न्युनिकरण तथा आरक्षण सिट सम्बन्धी चेतनामुलक कार्यक्रम पनि सम्पन्न भएको छ । सो सन्दर्भमा, माडी ठोरी रुटमा चल्ने सार्वजनिक बसहरुमा चितवन सक्रिय महिला प्रतिष्ठानको समुन्नति परियोजना अन्तर्गत सेफ सिटिका स्वयम्सेवकहरुले सन्देशमुलक पोष्टर टाँस गरेका थिए ।

SwadeshPost