महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा प्रभातफेरी

दिवसकै अवसरमा माडीका तीनजना स्वयम्-सेविकाहरु सम्मानित

378
SwadeshPost

१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा माडीको बसन्तपुरमा प्रभातफेरी गरिएको छ ।

माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सम्पन्न सो प्रभातफेरी कार्यक्रममा माडीका स्वास्थ्यकर्मीहरुसंगै महिला स्वास्थ्य स्वयम्-सेविकाहरुको सहभागिता रहेको थियो । यसबर्ष ‘कोभिड १९को रोकथाम र समृद्धिका लागि संयुक्तकार्य, महिला स्वास्थ्य स्वयम्-सेविकाको भूमिका अपरिहार्य’ भन्ने नारासहित महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवस मनाइएको हो ।

यसैबिच, दिवसकै अवसरमा माडीका तीनजना स्वयम्-सेविकाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा माडी ४ की रामदुलारी महतो तथा माडी ३ का बेचनी महतो र हरिकला पौडेल रहनुभएको छ । नगरपालिका कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वयम्-सेविकात्रयलाई सम्मानका साथै माडी सबै स्वयम्-सेविकाहरुलाई यातायात, सञ्चार र पोशाक भत्ता वितरण गरिएको थियो ।

SwadeshPost