निकुञ्जभित्र बाटोमा बढेको झाडी तत्कालै फाँड्न तरुण दल माडीको माग

422
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त बाटोको दुवैतर्फ बढेको झाडी तत्कालै फाँड्न नेपाल तरुण दल माडी नगर समितिले माग गरेको छ । निकुञ्जभित्र दुवैतर्फ झाडी बढेकाले दैनिक रुपमा मोटरसाइकल, साइकल तथा अन्य सवारी साधनमा आवतजावत गर्ने हजारौं यात्रीहरुको जीवन जंगली जनावरको आक्रमणमा पर्न सक्ने उच्च जोखिममा रहेको भन्दै तरुण दलले तत्कालै झाडी फाँड्न माग गरेको हो ।

दलका माडी नगर अध्यक्ष शिव बहादुर कार्की र सचिव देवकान्त काफ्लेद्वारा हस्ताक्षरित वक्तव्यमा हालसम्म झाडी हटाउन माडीको स्थानिय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र त्यस मातहतका माडी क्षेत्रभित्रका मध्यवर्ती कार्यालयहरुले कुनै वास्ता नगरेको जिकीर गरिएको छ । झाँडी फाँडेर हाल सम्भाव्य मानवीय विपत् जोखिमलाई न्यूनिकरण गर्न माग गर्दै वक्तव्यमा तत्कालै झाडी नहटाइए आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने चेतावनी समेत दिइएको छ ।

SwadeshPost