सवारी दुर्घटना बढेसंगै माडी प्रहरीद्वारा सवारी चेकजाँच तीब्र

सोमबार १२ वटा ट्याक्टर, ४ वटा अटो र १ वटा बस कारवाहीमा

423
SwadeshPost

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र पारेको छ ।

प्रहरीले बिना लाइसेन्स सवारी चलाउने, लापरबाहीपूर्वक सवारी चलाउने, मादपदार्थ सेवन गरी सवारी चलाउने र तिब्र गतिमा सवारी चलाउने चालक तथा सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारबाही थालेको हो ।

मुख्यतः बस, बोलेरो, ट्याक्टर र अटोमा लापरवाही देखिएकाले पहिलो चरणमा यस्ता सवारीहरु चेकजाँच गरी कारबाही प्रक्रिया अगाडि बढाइएको माडी प्रहरी प्रमुख झलक शर्माले जनाउनुभयो । सोमबार मात्रै १२ वटा ट्याक्टर, ४ वटा अटो र १ वटा बसलाई कारवाही गरिएको र चर्को आवाजमा बाजा बजाएका ४ ओटा सवारीको साउण्डबक्स झिकिएको पौडेलले जानकारी दिनुभयो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सडकमा ट्राफिक संकेत राख्ने तथा नवनिर्मित बाटोमा लेन लाइनिङ गर्ने काम छिटै सुरु हुने माडी प्रहरी प्रमुख पौडेलको भनाई छ । त्यसैगरी ट्राफिक प्रहरी खटाउन जिल्लास्तरीय कार्यालयसंग समन्वय भईरहेको उहाँले जनाउनुभयो ।

SwadeshPost