माडीका विपद् व्यवस्थापन समितिहरूलाई कोष परिचालन सम्बन्धी तालिम

115
SwadeshPost

माडीको रौतने खोला करिडोरका समुदायका विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लेखा तथा कोष परिचालन सम्बन्धी तालिम दिइएको छ ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को आयोजना तथा जापानी दुतावास र साप्लानीरको सहयोगमा रौतने करिडोरमा गठित १४ वटा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई दुई दिने आधारभुत लेखा राख्ने प्रशिक्षण दिइएको हो । तालिमबाट समुदायस्तरमा सञ्चालित योजना तथा अन्य खर्च विवरणहरुको पारदर्शी प्रक्रियाबाट अभिलेखिकरण राख्न सहयोग पुग्ने अपेक्षा गरिएको आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।

Mahindra