बनटोलीमा बोटे समुदायको आयआर्जन र आवास निर्माण गर्न कार्यक्रम चल्दै

337
SwadeshPost

माडी नगरपालिका ५, बनटोलीमा बसोबास गरिरहेका बिपन्न बोटे समुदायको आयआर्जन तथा जिविकोपार्जन कार्यक्रम सञ्चालनका लागि ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ ।

स्थानीय सामाजिक अगुवा प्रभानन्द तिवारीको अध्यक्षतामा बोटे समुदायको कृषि आयआर्जनका लागि फलफूल खेती र आवास निर्माण गर्न उपभोक्ता समिति गठन भएको हो । उपभोक्ता समिति गठन कार्यक्रममा सहभागी हुँदै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बनटोलीका बोटे समुदायसंग छलफल गर्नुभएको थियो । बनटोली गाउँमा फलफूल खेतीका निम्ति सिंचाई पूर्वाधार बनाउन वडा कार्यालयले ४ लाख रुपैंया विनियोजन गरेको वडाध्यक्ष रामबन्धु पोखरेलले जनाउनुभयो ।

SwadeshPost