आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

मृगौलामा समस्या देखिएसंगै माडी ४ का वडाध्यक्ष चन्द्रदीप महतो स्वास्थ्य उपचारमा

  • A
  • A+
  • A++

चितवन । मृगौलामा समस्या देखिएसंगै माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतोले कार्यबाहक जिम्मेवारी सुम्पिएर स्वास्थ्य उपचार गराइरहनुभएको छ ।

विज्ञापन १

वडाध्यक्ष महतोले वडा सदस्य इन्दिरा विश्वकर्मालाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर काठमाडौंस्थित वीर अस्पतालमा उपचार जारी राख्नुभएको हो । २०६४ सालमा मृगौलामा समस्या देखिएकोमा पछि ठीक भएको र अहिले पुनः समस्या देखिएसंगै उपचारका लागि भरतपुर हुँदै काठमाडौं पुगेर फर्किएको वडाध्यक्ष महतोले जानकारी दिनुभयो ।

विज्ञापन २

गत मंसिर ५ गतेदेखि वीर अस्पतालमा उपचार गराउनुभएका वडाध्यक्ष महतो नियमित फलोअपमा रहनेगरी यतिखेर माडीको सिुधवा गाउँस्थित घरमै आराम गरिरहनुभएको छ । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उहाँले स्वदेशलाई जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया